सञ्चारमन्त्री बाँस्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा, अडियो नै सार्वजनिक ! [अडियो सहित]

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ।

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि बार्गेनिङ गरेको अडियो प्रमाण नै सार्वजनिक भएको हो। सार्वजनिक अडियोमा स्वीक कम्पनीको एजेन्ट र बास्कोटा बीच भएको बार्गेनिङ सुनिएको छ।

मिश्रः यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ होइन त्यसमा चाही स्वीस ऐम्बेसीले बोलायो तपाइँहरुले बोलाएर आउने होइन मन्त्री बाँस्कोटा बीचमा बोल्दै अँ फेरि मिश्र सकेसम्म एमओयु गर्ने की भन्ने हिसाबले उ गर्न लागेको छ। मन्त्री बाँस्कोटाः अँ

मिश्रः उनले चाहीँ तपाइँहरुको कार्यक्रमको उसको बारेमा एम्बेस्डरले चाही छुट्टै छलफल गर्न चाहन्छ  क्या उसले
बीचमा बोल्दै मन्त्री बाँस्कोटा ठिक छ

मिश्रः अँ त्यो भएको हुनाले तपाइँले त्यति टाइम मिलाइदिनु पर्यो।
बाँस्कोटाः मिलाउनुपर्छ।

यो उसको लागि हामी आउट अफ ट्याकमा जानेकी तपाइँले भने अनुसार नै जाने त भन्नुस्।
बाँस्कोटाः अब  मिश्र कुरा काट्दै कुराचाही मैले राखेको छु,
मन्त्री बाँस्कोटा क्यापसिटीको कुरा, मिश्र बोल्दै अब कुराचाही मैैले राखेको छु
मन्त्री बाँस्कोटाः उनीहरुले नर्मलमा ५० भने

मिश्र: हँ त्यसमा नर्मलमा कुरा काट्दै

मन्त्री बाँस्कोटा: पहिला कति निकालेको थियो

मिश्र: यसमा टोटल उसको चाही प्रसेन्टेजमा आउँने हो होइन फेरि

मन्त्री: टोटल कति निस्कन्छ त अहिले त्यो हेरौं
मिश्र: केही न केही त भइरहेको छ होइन त्यही बेशमा जाने हो हामी त अब …..उनीहरुले त अरुले नी त्यही मूल्य त्यो भन्दा अलि बढी हाल्यो उनीहरुको मूल्यमा भन्दा अलि बढी हालेको भए पुग्थ्यो होइन त्यसमा त्यस्तो केही छैन बेस चाही तपाइँहरुकै उसमा जाने हो हामी  हँ हँ त्यसो भा तपाइँले चाही

मन्त्री बाँस्कोटा: अब सकेसम्म २५, २७ अर्बमा यो टोटल सक्न पाए हुन्थ्यो भन्ने लागेको छ। मान्नुहोस २५ निस्कियो भने कति आउँला ?
मिश्र ७० जति आउदैन (७० करोड) यो आउट अफ उसमा जाँदा खेरि ७० को हाराहारीमा ६० देखि ७० को हाराहारीमा आउँ छ की?
मन्त्री बाँस्कोटा: तपाइँलाई के गर्छन् तपाइँलाई छुट्टै गर्छन्।
मिश्र: टोटल ७४ (७४ करोड) जति आउँछ भन्ने हाम्रो अनुमान
मन्त्री: बाँस्कोटा ७४, ७५
मिश्र: यसमा चाही ३०, ७० प्रतिशत तपाइँहरुलाई दिने होइन ३० प्रतिशत हामी राख्ने भन्ने टार्गेट छ। हाम्रो एकदम टान्सपरेन्सी हुन्छ त्यसका केही छैन।

मन्त्री बाँस्कोटा :त्यसो हुँदा कति हुन्छ  ?
मिश्र:५४, ५५ तपाइँहरुलाइ आउने १५, १६ हामीलाई आउने हामीले नि त अलि अलि त होइन, अब आउट अफ ट्याक जाने हो भने
मन्त्री: तपाइँ हामी हिसाब… भन्न खोजेको कुरा बुझिदैन।
मिश्र:त्यो तपाइँले गर्नुहोस सबै
मन्त्री: एउटा के नरहनुस भने

मन्त्री: यस्तो कुरामा यी मुख छाड्दै कर्मचारीसँग लाग्यो भने  यिनीहरुले हेप्छन्। कुरा बुझ्नु भयो।

मिश्र: हो हो मन्त्री यो कुरा सचिवलाई पनि नभनौं मन्त्रीले भन्न खोजेको बुझिदैन।
मिश्र: ठिकै छ त्यो त्यसो भए म आफै गराउँ
मन्त्री बाँस्कोटा: एउटा स्टिमेट पनि बनाएर ल्याउनुपर्छ।
मिश्र: उसले त लगभग लभगभ उसले त बनाएर राखिराखेको छ।
मन्त्री बाँस्कोटा यो मु…. ले बनाएको त ३५ अर्बको छ नी। यो ३५ अर्ब नी नभएपछि त २७ अर्बको निस्केपछि त २८…….
मिश्र: सुन्न त यो म म गर्छु

प्रकाशित : , ०, ००१:५५

बास्कोटा घुस बार्गेनिङ: “ओलीज्यू! यही हो ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ’ भनेको?”