काठमाडौँ, फागुन ७ । आज बुधबार फेरी सुनको मुल्य तोलामा ४ सय रुपैयाले बढेको छ । महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार १ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार ८ सय रुपैया तोकेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार ४ सय रुपैयामा खरिद बिक्री भइरहेको थियो । आजको सुनको मुल्य अहिलेसम्म कै महँगो हो।
त्यसै गरि, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ९ सय ५ रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।
पछिल्लो समय अमेरिका र इरानमा देखिएको तनाव र चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ ।
महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।