काठमाडौँ – पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ ।
मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।
पछिल्ला केही दिनयता लागेको तुवाँलो पश्चिमी वायुको सक्रियतापछि हटेर जाने उनले बताए । “शनिबारबाट उक्त तुवाँलो विस्तारै हट्दै जाने छ”, मौसमविद् नगरकोटीले भनिन् ।
बिहीबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव नौ डिग्री र अधिकमत तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस छ ।
मौसम विश्लेषण) Meteorological Analysis):-
हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ |
मौसमको अवस्था )Present Weather Status):
देशका सुदुर पश्चिम क्षेत्र तथा अन्य पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा देखिन्छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०७ गते (बुधबार)
दिउँसोः देशको पश्चिमी भु-भागमा लगायत मध्य तथा पूर्वि पहाडी भु-भागमा आन्शिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
फागुन ०८ गते (बिहिबार)
दिउँसोः देशभर सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।
फागुन ०९ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।
रातीः देशभर आन्शिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |