कोरोना भाइरस: उहान अस्पतालका निर्देशककै ज्यान गयो !

बेइजिङ – कोरोना जीवाणुको महामारीको केन्द्रका रूपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मंगलबार ज्यान गएको छ।

गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को ज्यान गइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले ज्यान गुमाउने चिकित्सक वुहानस्थित वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ। उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाइ छ।

उनी कोरोना भाइरसका कारण ज्यान गएको पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन्। यही प्राणघातक भाइरकाका कारण वुहानमा कम्तीमा ६ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना संक्रमित भएका छन्।

यसअघि कोरोना भाइरसका बारेमा पहिलो जानकारी दिने वुहानकै नेत्ररोग विशेषज्ञ डा. ली वेनलियाङको ज्यान गएको थियो। वुहानका चिकित्सकले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ।

प्रकाशित : , ०, ०१०:०१

“राजतन्त्र गयो तर गएन सरकारी कर्मचारीका सामन्ती संस्कार” [भिडियो सहित]