एजेन्सी, अहिले बेलायतमा समुद्री आँ-धी ‘डेनिस’ सहितको हावा-हुरी र वर्षाले त्यहाको जनजीवन प्रभावित भएको छ। त्यस्तै बेलायतको एक विमानस्थलमा बेस्सरी हावा-हुरी चल्दा विमान अवतरण गर्न पनि कठिन भएको छ ।
बेलायतको हीथ्रो विमानस्थलमा आँ-धीका कारण आएका तीव्र हावाले विमान अवतरण गर्न कठिनाई भएको हो । तर एतिहाद एयरवेजको ए ३८० विमानलाई सकुशल अवतरण गराएका छन् । ‘डेनिस’ आँ-धीका कारण आएका तीव्र हावाले विमान हल्लाए पनि पाइलटले सकुशल अवतरण गराउन सफल भएको हो । साथै विमानमा रहेका यात्रुहरु सबैजना सकुशल नै रहेका छन् ।
खराब मौसमका कारण अहिलेसम्म धेरै विमानहरु निकै कठिनको साथ अवतरण गरे भने दुई विमान त अवतरणै गर्न सकेनन् । बेलायतका धेरै भागमा ९० माइल प्रतिघन्टा बढी तीव्र गतिमा हावा चलेको थियो।
मौसमविद्को अनुसार पछिल्लो ४८ घण्टामा परेको पानीको मात्रा एक महिनाकै जति पनि परेको थियो । अत्यधिक वर्षाले २०० भन्दा बढी स्थानमा बाढी आउन सक्ने चे-तावनी दिइएको छ । र धेरै स्थानका यातायात अवरुद्ध भएका छन् भने साउथ वेल्समा मौसम विभागले रेड वार्निङ जारी गरेको छ ।