चीनबाट सुरु भएको कोरोना भाइरसले अब सारा विश्वलाई असर गरेको छ। यस्तो अवस्थामा, जापानका स्वास्थ्य अधिकारीहरुले ‘क्रूज’ जहाजमा सवार यात्रुहरुलाई आईफोन वितरण गरेको छ।
यस जहाजमा केही व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्। यस्तो अवस्थामा, यी व्यक्तिहरु सम्बन्धित रोगको बारेमा सुचना प्रदान गर्न आईफोन वितरण गरिएको हो।
यस्तो थियो घटना
जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको तर्फबाट ‘डायमण्ड प्रिन्सेस क्रूज’ जहाजमा २००० आईफोन वितरित गरियो। यस जहाजमा ३७०० यात्रुहरु सवार थिए। ‘एनबीसी’को रिपोर्टका अनुसार यी मध्ये ७११ जनाको जाँच गरिएको थियो, जसमध्ये २२८ जना कोरोना भाइरसबाट संक्रमित पाइएको छ। २२८ जना मध्ये ३२ जना अमेरिकी नागरिक हुन्।
आईफोनमा छ विशेष ‘एप’
जापानको ‘मकोटाकारा’ वेबसाइटको एक रिपोर्टका अनुसार, यात्रुहरुलाई वितरण गरिएको आईफोनमा एक विशेष ‘एप’ पनि रहेको छ, जसको सहयोगमा स्वास्थ्य, श्रम तथा कल्याणकारी मन्त्रालयबाट नयाँ समाचार तथा खबरहरु प्रधान गर्नेछन्।
- आईफोन वितरणको अर्को ठूलो कारण, यात्रीहरुलाई कुनै पनि प्रकारको समस्या नहोस् भनेर पनि हो। साथै आवश्यक परेमा उनीहरूले त्यस एपको सहयोगबाट तत्काल मद्दत पनि लिन सक्दछन्।
- यस ‘एप’को सहयोगबाट, यात्रीहरुलाई केहि प्रकारको स्वास्थ्य तथा मानसिक समस्या परेमा, सीधा सम्बन्धित चिकित्सकहरुसंग कुरा पनि गर्न सक्नेछन्। यस बाहेक डाक्टरहरुसँग भेट गर्न तथा औषधि पनि सिधै यस एपबाट मगाउन सकिनेछ।
१० यात्रुको अवस्था गम्भीर
जहाजमा कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि थुप्रै उपायहरु अपनाइएको छ। छानबिनको क्रममा १० यात्रुहरू ‘गम्भीर अवस्था’मा भेटिएको छ। जसका कारण, ११ वृद्ध यात्रीहरुलाई जापानी स्वास्थ्य अधिकारीहरूले जहाजबाट निक्लिन अनुमति दिएका छन्।