अमेरिकी राजदूतावास नजिक क्षे-प्यास्त्र प्र’हार

इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षे-प्यास्त्र प्र’हार भएको छ । स्थानीय संचार माध्यमले उक्त क्षे-प्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन् ।

उच्च सुरक्षा व्यवस्था सहितको धेरै जसो कुटनीतिक नियोगका कार्यालयहरु रहेको “ग्रिन जोन”मा क्षे-प्यास्त्र प्र’हार लगत्तै चेतावनी युक्त साइरन बजाइएको थियो । स्थानीयको भनाई उद्धृत गर्दै संचार माध्यमहरुले क्षे-प्यास्त्र प्र’हारका कारण धुँवाको मुस्लो आकाशमा देखिएको उल्लेख गरेका छन् ।

बिहीबार पनि १ सैनिक अखडालाई लक्षित गरी काट्युसा क्षे-प्यास्त्र प्र’हार भएको थियो । किर्कुक प्रान्तमा रहेको यस सैनिक अखडामा अमेरिकी सेना रहेका छन् । तर यसबाट कुनै क्षति नभएको बताइएको छ ।

गत डिसेम्बर २०१९ मा के१ सैनिक अखडामा भएको अर्को क्षे-प्यास्त्र आक्रमणमा अमेरिकी सैनिकका लागि काम गर्ने एक व्यक्तिको ज्यान गरेको साथै अर्का एक जना घाइते भएका थिए ।

इराकका विभिन्न स्थानमा रहेका अमेरिकी सैनिक अखडा र ग्रिन जोनमा विद्रोही पक्षले बेलाबखत मोर्टार र क्षे-प्यास्त्र प्र’हार गर्ने गरेका छन् ।

प्रकाशित : , ०, ००६:४२

“अपराधी भाग्योे भने खोज्न जाने सवारी साधन समेत थिएन’, ‘अपराधी गाडीमा भाग्ने, प्रहरीले पैदल पिछा गर्नुपर्ने स्थिति थियो”: जिल्ला प्रहरी कार्यालय पाँचथर