काठमाडौँ, फागुन ४ । आज साताको पहिलो दिन अर्थात् आइतबार पनि सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा ५ सय रुपैयाले बढेको छ । महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय रुपैया तोकेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयामा खरिद बिक्री भइरहेको थियो।
त्यसै गरि, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ८ सय ८५ रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।
पछिल्लो समय अमेरिका र इरानमा देखिएको तनाव र चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ ।
महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।