एजेन्सी – मेक्सिको सिटी स्थित एक अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको ज्यान गएको छ ।
हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
ज्यान गएका मध्ये दुई जना पूर्ण रुपमा जलेका छन् । त्यस बाहेक अरु १३ जना भने घर भित्रै थुनिएर श्वासप्रश्वास अवरुद्ध भई ज्यान गएको छ ।
घटनामा परी अरु केही घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको श्वासप्रस्वासमा समस्या रहेको पाइएको छ ।
आगलागी बालगृहको पहिलो तलबाट सुरु भएको थियो । बालगृहमा ६६ जना बालबालिका रहेको थिए ।
अन्तरजातीय भि-डन्तका क्रममा मालीमा ४० को ज्यान गयो
मालीको मध्य क्षेत्रमा भएको आ-क्रमणमा परी ४० जनाको ज्यान गएको छ ।
अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार ज्यान गुमाउनेमा हुनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको घटनास्थलमै ज्यान गएको भएको अधिकारीले बताएका छन् ।
द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको अन्तरजातीय भि-डन्तका क्रममा उनीहरूको ज्यान गएको सरकारी अधिकारीहरुको भनाई छ ।
ओगोसागोमा रातभरीमा भएको आ-क्रमणको घटनामा परी सुरुमा ३१ जनाको ज्यान गएको थियो । गत मार्चमा भएको फुलानी समुदायको यस्तै आ-क्रमणमा परी १६० को ज्यान गएको थियो । सरकारी अधिकारीहरुले ज्यान गुमाउनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन् ।