प्रदेश–२ मुख्यमन्त्री स्वच्छता अभियानमा अनियमितताको ‘गन्ध’, सिमेन्टको ठाउँमा ग्राबेल र माटो !

सिरहा । प्रदेश–२ मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत सिरहाको बरियापट्टी गाउँपालिका–५ जिझौलमा रहेको चौरिदाश बाबा पोखरी सौन्दर्यकरण स्तरहीन भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

ऐतिहासिक पोखरी भएकाले मापदण्ड अनुसार पोखरीको सौन्दर्यकरण हुनुपर्ने भन्दै स्थानीयले केही दिनअघि अवरोध गर्न खोजेका थिए । प्रदेश–२ सरकारको झण्डै आठ करोड लगानीमा ६ महिना अघिबाट उक्त पोखरीको सौन्दर्यकरण थालिएको हो ।

पोखरी निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनी प्रेरा आइएसएनबी जेबी जनकपुर र इञ्जिनियर भगवान झाको मिलेमतोमा मापदण्ड विपरीत स्तरहीन काम भएको स्थानीयको भनाइ छ । झा प्रदेश–२ मुख्यमन्त्री कार्यालयका सिनियर इञ्जिनियर हुन् । पूर्वशिक्षकसमेत रहेका स्थानीय उपेन्द्र यादवले सौर्य दैनिकसँग भने, ‘पोखरीको पर्खालको जगमा सिमेन्ट प्रयोग नगरी ग्राबेल र माटो प्रयोग गरिएको छ ।’

पोखरीको पर्खाल बनाउँदा नै स्तरहीन सामग्री प्रयोग गरिएको पाएपछि स्थानीयले इञ्जिनियर झासँग पोखरी निर्माणको स्टमेट मागेका थिए तर, झाले देखाउन नमिल्ने बताएको उपेन्द्रको भनाइ छ । काम बन्दै गर्दा लगानी र मापदण्डबारे सार्वजनिक रूपमा सबैले देख्ने गरी राख्नुपर्ने होर्डिंङ बोर्ड पनि सर्भे टोली आउँदा मात्रै टाँगिने गरिएको छ ।

६ महिना अघि समाजवादी पार्टी नेपालका कोषाध्यक्षसमेत रहेका प्रदेश–२ का योजना तथा अर्थमन्त्री विजय यादवले तामझामका साथ पोखरी सौन्दर्यकरणको उद्घाटन गरेका थिए । उद्घाटनका वेला मन्त्री यादवले पोखरीको सौन्दर्यकरणले आन्तरिक पर्यटन बढ्ने विश्वास व्यक्त गरेका थिए । मन्त्री यादवले यही क्षेत्रबाट प्रदेश सांसद जितेका थिए । यादवकै पहलमा यो पोखरीको सौन्दर्यकरणको बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित : , ०, ००५:११

चीनको ६५ अर्ब लगानी आउँदै