काठमाडौँ – काठमाडौं महानगरपालिले रात्रिबस सञ्चालन गर्ने भएको छ। महानगरले केहि महिना भित्रै काठमाडौं महानगरपालि भित्र रात्रिबस सञ्चालन गर्ने भएको हो।
नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर महानगरपालिले चैतदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्न लागेको बताइएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले चैतमा सम्भव नभए नयाँ वर्षको सुरुदेखि नै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म रात्रिबस सञ्चाल गर्न लागिएको बताएका छन्।
बुधबार शाक्यको नेतृत्वमा विभिन्न सरोकारवाला निकायसँग गरिएको थिए। सोहि छलफल पश्चात सम्भव भए चैत देखि अथवा नयाँ वर्षको शुरु देखि रात्रिबस सञ्चालन गर्ने निष्कर्ष निस्किएको हो।
केही समय चलाएर बन्द गर्ने भन्दा पनि दीर्घकालीन रुपमा रात्रिबस सञ्चालन गर्ने महानगरको तयारी रहेको मेयर शाक्यले बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई दीर्घकालीन योजना तयार पार्न आग्रह गरिएको पनि शाक्यको भनाई छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार बुधबार सम्पन्न छलफलमा रात्रिकालीन सेवा सञ्चालन गर्न ५० प्रतिशत बढी भाडा उठाउने सहमति समेत भएको छ। कम्तीमा १५ वटा रुट बनाएर सुरुमा ६० वटा बस दैनिक सञ्चालन गर्ने तयारी रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।