“इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गर्न सकिन्छ” – गृहमन्त्री !

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गर्न सकिने बताएका छन्  ।

पदभार ग्रहणपछि गृह मन्त्रालयमा भेटका लागि आएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले भने, “तपाईंको समय थोरै छ तर इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ ।”

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली बुधबार प्रहरी प्रधान कार्यालय नक्सालस्थित कार्यकक्षमा पदभार ग्रहण ।

गृहमन्त्री थापाले राज्यले विश्वास गरेर दिएको जिम्मेवारीलाई प्रहरी महानिरीक्षकले इमान्दारीका साथ निर्वाह गर्ने विश्वास व्यक्त गरे । “चुनौती थुप्रै छ, पूरा गर्न बाँकी रहेका कामलाई सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, गृहमन्त्रीको रुपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ”, गृहमन्त्रीले भने ।

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली बुधबार प्रहरी प्रधान कार्यालय नक्सालस्थित कार्यकक्षमा पदभार ग्रहण ।

उनले सहकर्मीलाई साथमा लिँदै एकताबद्ध भएर काम गर्नसमेत प्रहरी महानिरीक्षकलाई आग्रह गरे । मङ्गलबार मन्त्रिपरिषद्को निर्णयले प्रहरी महानिरीक्षकमा बढुवा भएका ज्ञवालीको कार्यकाल पाँच महिना मात्रै छ । भेटका क्रममा प्रहरी महानिरीक्षक खनालले मन्त्रालयको मार्गनिर्देशनका आधारमा इमान्दारीका साथ उच्च व्यावसायिकता प्रदर्शन गरिने प्रतिबद्धता जनाए ।

प्रकाशित : , ०, ०११:५७

नेपाली सेनाको गाडी सडकबाट खस्दा टुक्रा-टुक्रा भयो