प्रहरी महानिरीक्षकका दाबेदार जसले अस्पतालको बेडबाटै पाए अवकाश…

काठमाडौँ – १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी), प्रहरी महानिरीक्षक खनाल र तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यात गरी २२ जनाले मंगलबार देखि अवकाश पाए ।

अवकाश पाउने डिआइजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति थिए।

जसमध्ये डिआइजी राजेन्द्रमान श्रेष्ठको अवकाश भने अन्य प्रहरी अधिकारीहरु भन्दा फरक थियो। मंगलबारबाट अनिवार्य अवकाश पाएका श्रेष्ठलाई अस्पतालबाटै बिदाइ गरियो। विदाई समारोहमा सहभागी हुन नसक्ने उनलाई प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बिदाइ गरिन्।

श्रेष्ठ हाल कोमामा छन्। उनको मस्तिष्क निष्कृय भएको करिब तीन वर्ष भइसक्यो। १५ साउन २०७३ मा ब्याडमिन्टर खेल्दा खेल्दै ढलेर बेहोस भएका उनी अहिले सम्म होशमा आउन सकेका छैनन्। श्रेष्ठलाई लक्ड इन सिन्ड्रोम नामक रोगले समातेको छ। उनको प्रहरी अस्पतालमा तीन वर्ष देखि उपचार भइरहेको छ।

श्रेष्ठ प्रहरीका काबिल अधिकृत मानिन्छन् । श्रेष्ठ महानिरीक्षक भन्ने सम्भावना भएका अधिकृत पनि थिए। उनै काबिल प्रहरी अधिकारी मंगलबार देखि अवकाश पाए। तीन वर्ष देखि कोमामा रहेका श्रेष्ठको होश खुल्ने आशामा परिवार छ।

प्रकाशित : , ०, ०१०:२३

बाबुराम भट्टराई र माधव नेपाल पनि भ्रष्टाचार मुद्दामा तानिन सक्ने, सर्वाेच्चमा रिट पर्यो