काठमाडौँ, माघ ५ । निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाले बढेको छ ।
महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय रुपैया तोकेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ७४ हजार ८ सय र तेजाबी सुन प्रतितोला ७३ हजार ५ सय रुपैयामा खरिद बिक्री भएको थियो । गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय पुगेको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा बहने स्थिर रहेको छ।
आज चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ ।