काठमाडौँ, माघ ३ । निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाले बढेको छ ।
महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५ सय रुपैया तोकेको छ । बिहिबार छापावाला सुन प्रतितोला ७४ हजार ७०० र तेजाबी सुन प्रतितोला ७३ हजार ४ सय रुपैयामा खरिद बिक्री भएको थियो । गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय पुगेको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाले वृद्धि भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ ।