काठमाडौँ, माघ २ । गायिका आस्था राउत अहिले विवादमा तानिएकी छिन्। वास्तवमा उनि रिम्बी माघी मेलामा प्रस्तुतिको लागि माघ १ गते बुधबार पश्चिम सिक्किम जादै थिइन् । त्यसैक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जाने क्रममा दोस्रो एक्सरे चेकिङ हुदा रमिता नाम गरेकी एक महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले फेसबुक लाइभमार्फत आरोप लगाएकी छन् । भद्रपुरमा ओर्लिएपछि उनले कारबाटै फेसबुक लाइभ गरेकी थिइन् । उक्त भिडियोमा उनले आफुलाई प्रहरीले रुखो बोल्दै ‘तँ’ ‘तँ’ भनेर बोलेको र उक्त शब्द आफुलाई अशैह्य बताएकी थिइन्।
उनले बोल्दै जादा आवेगमा प्रहरीलाई डन्ठे, बन्दुके, पुलिस हो कि फुलिस जस्ता अपशब्द प्रयोग गरेकी थिइन्। जसले गर्दा उनि थप विवादमा तानिईन। अहिले आस्थाले उक्त भिडियो सामाजिक संजालबाट हटाइसकेकी छिन् ।
यसैबीच नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) शैलेश थापा क्षेत्रीले आस्था राउतले उक्त भिडियोमा प्रहरी कर्मचारीविरुद्ध अपशब्द प्रयोग गरेको विषयमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् ।
यद्यपि, राउतको भिडियोको विषयमा महानगरीय प्रहरी कार्यालयले भने कुनै धारणा सार्वजनिक गरिसकेको छैन । तर गायिका राउतले भने सामाजिक संजालमार्फत माफी मागी सकिन।
उनि भन्छिन, ‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो । अनुपयुक्त शब्दहरूको लागि क्षमा चाहान्छु । प्रशासनको हेक्टिक कामहरु प्रति मलाई सँधै नै सम्मान छ तर सर्वसाधारणहरुसँग बोल्दा तुत्क्ष व्यबहार नगरियोस् । तँ तँ र म म गर्न बन्द गरियोस् । नैतिक शिक्षाको कमि नरहोस्।