के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ? यस्तो छ आजको भाउ!

काठमाडौँ – निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यस्थिर रहेको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ४०० तोकेको छ । बुधबार छापावाला पनि सुन प्रतितोला रु ७४ हजार ७०० र तेजाबी सुन प्रतितोला रु ७३ हजार ४ सय रुपैयामा खरिदबिक्री भएको थियो । गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

सो दिन छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु ८८५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ ।

प्रकाशित : , ०, ००६:२५

आज शुक्रबार, बढ्यो सुनचाँदीको मुल्य!