काठमाडौँ, माघ १ । अभिनेत्री ऋचा शर्मालाई केहि दिन अघि मातृ शोक परेको थियो । गत पुष १८ गते उनकी आमा रिनादेवी शर्माको ६७ वर्षको निधन भएको थियो । उनले आफ्नी आमाको १३ औं दिनको पुण्यतिथिमा सामाजिक संजालमा एक भावुक स्टाटस लेखेकी छिन् । अभिनेत्री ऋचा उनि आमासंग निकै नजिक थिइन्। उनले आफ्नी आमासंगको एक तस्विर शेयर गर्दै यस्तो लेखेकी छिन्:
“आज हाम्री आमाको १३ औं पुन्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको छ । एउटा कहिले नभरिने खालिपन त छदैछ नै तर त्यसको साथै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अध्यायमा पनि बिराम लागेको छ । एउटा साथी, एउटा संरक्षक, दु:ख बिसाउने काख सबै गुमाएको छु। हामी एक अर्काको खुशीमा खुशी हुन्थ्यौ अनि दु:खमा दुखी । मेरो सानो सानो सफलतामा खुशी हुनुहुने आमा, अनि मेरा अफ्ठ्याराहरुमा मेरो हौसाला हुनुहुने आमा। भनिन्छ आमाको ऋण तिरेर कहिले सकिदैन। आज यो वाक्यलाई सही रुपले बुझेको छु। त्यो ऋण तिर्न नसके पनि आमालाई जहाँँ हुनु भए पनि सधैं खुशी राख्न उहाँले देखाउनु भएको बाटोमा आफुलाई सधैं हिँडाउँछु। शायद आमालाई यही नै सच्चा श्रद्धान्जली हुन सक्छ।”