आजदेखि बैंकहरुमा नयाँ प्रणाली, पैसा जम्मा गर्दा तीन पुस्ते खुलाउनै पर्ने !

काठमाडौँ – बुधबार देखि वाणिज्य बैंकहरुमा गोएमएल प्रविधि लागु भएको छ। नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बुधबार देखि वाणिज्य बैंकहरुमा गोएमएल प्रविधि लागु भएको हो।

सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल राष्ट्र बैंकले गोएमएल सफ्टवेयर लागु गर्न निर्देशन दिएको थियो। जसअनुसार वाणिज्य बैंकहरुले बुधबार देखि यो प्रणाली लागु गरेका छन्।

सम्पत्ति शुद्धिकरण निवारणका लागि उपर्युक्त मानिने गोएमएल एक सफ्टवेयर हो। सम्पत्ति शुद्धिकरण निवारणमा सहयोग पुर्याउने भन्दै अन्तर्राष्ट्रिय स्तरमै यसको प्रयोग बढ्दो छ।

गोएमएल प्रविधि लागु भएसँगै अब बैंकिङ झण्झटिलो हुने भएको छ। अब देखि कुनै पनि व्यक्तिको नाममा रकम जम्मा गर्दा ३ पुस्ते विवरण खुलाउनुपर्नेछ।

यस भन्दा अगाडी कसैको नाममा रकम जम्मा गर्दा भौचरमा जम्मा गर्नेको नाम मात्र खुलाएपुग्ने व्यवस्था थियो। तर, अब ३ पुस्ते विवरण खुलाउनुपर्ने भएसँगै बैंकिङ झण्झटिलो हुने देखिएको छ। यस्तै रकम तथा चेक चम्मा गर्दा अनिवार्य रुपमा सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि देखाउनुपर्नेछ।

माघ १ गते देखि वाणिज्य बैंकहरुमा लागु भएको यो प्रणाली क्रमिक रुपमा विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत लागु हुनेछ। राष्ट्र बैंकका अनुसार यो प्रणाली आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुनेछ।

यस प्रणाली लागु भएसँगै अवैध रकम जम्मा गर्न गार्हो हुने राष्ट्र बैंकको विश्वास छ। अवैध रकम जम्मा गरेको खण्डमा पहिचान गर्न पनि सम्पत्ति शुद्धिकरणलाई सगाज हुने राष्ट्र बैंकको भनाई छ।

प्रकाशित : , ०, ००५:३८

सुनको मूल्यमा उतार चढाव : आज सुनको मूल्य फेरी बढ्यो !