काठमाडौँ – नेपाल प्रहरीले ठूलो संख्यामा इन्सपेक्टर र असई माग गरेको छ। नेपाल प्रहरीले जनपद समूह तर्फको ठूलो संख्यामा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक माग गरेको हो।
माघ १ गते एक सूचना सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना छनौट महाशाखाले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक माग गरेको छ। रिक्त रहेका पद परिपूर्ति गर्नको लागि नेपाल प्रहरीले नयाँ भर्ना खुला गरेको हो।
जारी सूचना अनुसार ७ सय ३३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को माग गरिएको छ। समावेशी तर्फ १ सय ४९ जना इन्सपेक्टर र ५ सय ८४ जना असई माग गरिएको महाशाखाले जनाएको छ।
यता खुला तर्फ भने ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग गरिएको छ। दरखास्त दिन चाहनेहरुले सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सक्नेछन्।
महाशाखाका अनुसार माघ ५ गते देखि फाल्गुन ११ गते सम्म फारम भर्ना सकिनेछ।