काठमाडौँ – जनकपुरमा भएको सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। मंगलबार मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा जनकपुरमा दुई जनाको ज्यान गएको हो।
ज्यान गुमाउनेहरुमा लक्ष्मीनिया गाउँपालिका वडा वडा ७ पर्सा पकडिया बस्ने २५ वर्षीय सन्तोश ठाकुर र क्षीरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राई रहेका छन्।
ठाकुर र राई ज१०प ३५३५ नम्बरको मोटरसाइकलमा सवार थिए। धनुषाको लक्ष्मीनियामा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो।
धनुषाको लक्ष्मीनियामा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको सो बसले विपरीत तर्फबाट आइरहेको नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवैजनाको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवैजनाको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनापछि जनकपुरको माहोल तनावग्रस्त बन्न पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
दुर्घटना पछि स्थानीयहरुले उक्त बसमा आगजनी समेत गरेका छन्।