धादिङका दाजुभाइको पोर्चुगलमा डुबेर ज्यान गयो !

लिस्बन – समुद्री किनारमा माछामार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् ।

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

दुबै शवको अन्त्येष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई नसकेको तामाङ समाज पोर्चुगलका अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन् ।

जाडो तथा शीतलहरबाट ठोरी महोत्सव प्रभावित

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पश्चिमी पर्साको ठोरीमा आयोजित ‘हात्ती तथा जीप सफारी महोत्सव’ कठ्याङ्ग्रिदो जाडो तथा शीतलहरका कारण प्रभावित भएको छ ।

दैनिक १० हजार स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको सो महोत्सवको आज अन्तिम दिनसम्म करीब ३५ हजार पर्यटकले मात्र अवलोकन गरेको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बताए।

“दैनिक १० हजार स्वदेशी तथा विदेशी पर्यटकले महोत्सव अवलोकन गर्ने हामीले अनुमान गरेका थियौँ”, उनले भने, “करीब ५० हजारभन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्नुपर्नेमा खराब मौसम तथा शीतलहरका कारण आज अन्तिम दिनसम्म करीब ३५ हजार पर्यटकले मात्र सो महोत्सव अवलोकन गरेका छन् ।”

ठोरीको धार्मिक, ऐतिहासिक तथा पुरातात्विकस्थलको पहिचान, लोककला तथा स्थानीय संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल भ्रमण वर्षको अवसरमा आयोजित सो महोत्सव अत्याधिक जाडो तथा शीतलहरका कारण प्रभावित हुन पुगेको प्रचारप्रसार समितिका संयोजक माधव तिमिल्सिनाले बताए ।

प्रकाशित : , ०, ०१३:०४

रुमाल(गम्छा) बरामद !