काठमाडौँ, पुष २९ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । केहि दिन देखि लगातार बढेको सुनको सोमबार तोलामा २ सय रुपैयाले घटेको थियो । आज मंगलबार पनि सुनको मुल्य तोलामा एकैपटक ८ सय रुपैयाले घटेको छ ।
आज छापावाला सुनको मुल्य तोलामा ७४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा ७४ हजार ८ सय रुपैयामा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाले नै घटेको छ । आज तेजावी सुनको मूल्य तोलामा ७३ हजार ७ सय रुपैया कायम रहेको छ। सोमबार तेजावी सुनको मूल्य ७४ हजार ५ सय रुपैयामा कायम थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाले घटेको छ । आज चाँदीको मुल्य तोलामा ८ सय ८० रुपैयामा कायम रहेको छ ।
पछिल्लो समय लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने बढेका छन् । राजधानीका चलेका सुन पसलमा नयाँ गहना खरिद गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको छ । सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका छन् । मध्यपूर्वको तनावले सुनकाे भाउ लगातार बढेकाे सुनचाँदी व्यवसायीले जनाएका छन् ।