काठमाडौँ – डल्लु-लगनखेल रूटमा चल्ने एक बसभित्र अश्लिल हर्कत गर्ने युवक पक्राउ परेका छन्। घटनामा संलग्न व्यक्तिलाई प्रहरीले लगभग १ वर्ष पछि पक्राउ गरेको हो।
डल्लु-लगनखेल रूटमा चल्ने बस भित्र ह’स्त’मैथुन गर्ने युवकलाई प्रहरीले सोमबार चितवनबाट पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन।
गत वर्ष एक भिडियो सार्वजनिक भएको थियो। जसमा एक युवकले बसमा ह’स्तमै’थुन गरेर अघिल्लो सिटमा बसेकी एक महिलाको कपालमा विर्य स्खलन गरेको देखिएको थियो।
भिडियो सार्वजनिक भएसँगै युवतीहरूको एक समूहले सार्वजनिक यातायातमा महिलाहरु असुरक्षित भएको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी गरेका थिए।
उजुरी लगतै अनुसन्धान शुरु गरेको प्रहरीले घटनामा संलग्नलाई एक वर्ष पछि पक्राउ गरेको छ। युवकको पहिचानको लागि प्रहरीले फेसबुक मुख्यालयसँगसमेत सहयोग लिएको थियो।
पक्राउ परेका व्यक्ति बारे प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दैछ।