बार्सिलोनामा जाभीको फिर्ति ? : ‘बार्सिलोनाको प्रशिक्षक हुनु ठूलो सपना’

एजेन्सी – बिहिबार स्पेनिस सुपर कप अन्तर्गत दोस्रो सेमिफाइनलको खेलमा बार्सिलोना एटलेटिको म्याड्रिडसँग पराजित भयो। अन्तिम समयमा लय गुमाउँदा बार्सिलोना स्पेनिस सुपर कपबाट बाहिरियो।

बार्सिलोना पराजित भएसँगै अहिले प्रशिक्षक अर्नेस्तो भाल्भार्डेलाई बर्खास्त गर्नुपर्ने माग उठ्न थालेको छ। भाल्भार्डेको बर्खास्ती समर्थकहरुले माग उठाइरहेको अवस्था छ। यता बार्सिलोनाका केहि पदाधिकारीहरु समेत भाल्भार्डेलाई बर्खास्त गर्नुपर्ने पक्षमा रहेको बताउन थालिएको छ।

भाल्भार्डेको बर्खास्ती बारे चर्चा चलेसँगै नयाँ प्रशिक्षकको रुपमा जाभी हर्नान्डेजको नाम जोडिएको छ। बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका जाभी बार्सिलोनाका नयाँ प्रशिक्षक हुन सक्ने अनुमान धेरैको छ।

यसैबीच, जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षक हुन पाउनु आफ्ना लागि सपना भएको बताएका छन्। जाभीले बार्सिलोनाको प्रशिक्षक हुन पाउनु आफ्नो सौभाग्य हुने बताएका हुन्।

जाभी अहिले कतारी क्लब अल सादको प्रशिक्षक छन्। शनिबार आफ्नो क्लबले जितेपछि पत्रकारहरुसँग कुराकानी गर्दै बार्सिलोनाको प्रशिक्षक हुन पाउनु आफ्ना लागि सपना भएको बताए।

“म बार्सिलोनालाई भित्रि मन देखि समर्थन गर्छु, मन पराउँछु। बार्सिलोनाको प्रशिक्षक हुनु मेरो सपना रहेको म लुकाउन सक्दिन। मैले यस भन्दा अगाडी पनि बार्सिलोनाको प्रशिक्षक हुन पाउनु आफ्ना लागि सपना भएको बताइसकेको छु।”,उनले भने।

जाभी बार्सिलोनाको लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन्। २४ वर्ष बार्सिलोनामा बिताएका उनले बार्सिलोनाका लागि ७०० भन्दा बढी खेल खेलेका छन्।

प्रकाशित : , ०, ००७:४९

बार्सिलोनाबाट भाल्भेर्डे बर्खास्त !