“केशव द्वारेको उखु चोर्ने पृथ्वीनारायण शाहलाई धुपबत्ती गरिरहनु पर्दैन” – बाबुराम

काठमाडौँ – समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई देवत्वकरण र दानवीकरण दुवै गर्न नहुने बताएका छन्।

भट्टराईले आइतबार एक ट्वीट गर्दै पृथ्वीनारायण शाहलाई केहिले देवत्वकरण र केहिले दानवीकरण गर्दै आएको उल्लेख गर्दै यस्तो गर्न नहुने बताएका हुन्।

कसैको पनि मूल्याँकन गर्दा ऐतिहासिक सापेक्षतामा गरिनुपर्ने उनको बुझाई छ। १८औं शताब्दीमा उनले गोरखा राज्यविस्तार गरेकै कारण नेपाल राज्य बनेकोलाई पनि भुल्न नहुने उनको भनाई छ।

“प्रत्येक पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन। कसैको पनि मूल्याँकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ। १८औं शताब्दीको चेतनामा उनले ग़रीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो।”,उनले लेखेका छन्।

तर, पृथ्वीनारायण शाहलाई धुपबत्ती गरिरहनु नपर्ने र जन्मयन्तीमा सार्वजनिक बिदा दिइनु नपर्ने उनको तर्क छ।

“राम्रै भयो।त्यही रूपमा उनलाई सम्झे पुग्छ!धेरै धूपवत्ति गरिरहनुपर्दैन। दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न बाध्य पृनाको आत्मालाई खुशी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ। अर्कोतिर त्यसवेलाको चेतनामा संघीय राज्य सम्भव थिएन। गाली पनि नगरौं।”,भट्टराईले ट्वीटरमा भनेका छन्।

प्रकाशित : , ०, ००६:०५

“पृथ्वीनारायण शाहका दृष्टिकोणहरु लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक”