काठमाडौँ, पुष २७ । नेपाली बजारमा आइतबार फेरी सुनको मूल्य बढेको छ । केहि दिन देखि लगातार बढेको सुनको मुल्य बिहिबार र शुक्रबार दुइ दिनमै तोलामा १९ सय रुपैयाले घटेको थियो । आज आइतबार भने सुनको मुल्य तोलामा ५ सय रुपैयाले बढेको छ ।
आज छापावाला सुनको मुल्य तोलामा ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ७४ हजार ६ सय रुपैयामा कारोबार भएको थियो।
यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाले नै बढेको छ । आज तेजावी सुनको मूल्य तोलामा ७४ हजार ७ सय रुपैया कायम रहेको छ। शुक्रबार तेजावी सुनको मूल्य ७४ हजार ३ सय रुपैयामा कायम थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ। आज चाँदीको मुल्य तोलामा ८ सय ९० रुपैयामा कायम रहेको छ ।
पछिल्लो समय लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने बढेका छन् । राजधानीका चलेका सुन पसलमा नयाँ गहना खरिद गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको छ । सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका छन् । मध्यपूर्वको तनावले सुनकाे भाउ लगातार बढेकाे सुनचाँदी व्यवसायीले जनाएका छन्।