अपराजित यात्रा कायमै : टोटेनहमको मैदानमा लिभरपुल विजयी !

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा शनिबार राति टोटेनहम हस्टपरलाई पराजित गरेको छ । लिभरपुलले टोटेनहमलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।

यससँगै लिभरपुलले क्लबको १ सय ३१ बर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनाएको छ। यो सिजन लिभरपुलले २१ मध्ये २० खेलमा जित हात पार्दा म्यानचेस्टर युनाइटेडसँग मात्रै बराबरी खेलेको छ ।

जितसँगै लिभरपुलले उपाधि यात्रालाई थप बलियो बनाएको छ । लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीलाई १६ तथा तेस्रो स्थानको म्यानचेस्टर सिटीलाई पछि पारेको छ । लिभरपुलको २१ खेलबाट ६१ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको लेस्टरको ४५ तथा सिटीको ४४ अंक छ । हारसँगै टोटेनहम ३० अंक जोडेर आठौं स्थानमा धकेलिएको छ ।

लिभरपुलको जितमा ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३७औं मिनेटमा गोल गरेका थिए । लिभरपुलले खेलको दोस्रो मिनेटमा नै आक्रमण बुन्न शुरु गरेको थियो । फिर्मिनोको प्रहारलाई जाफेट टांगांगाले ब्लक गरेका थिए । १३औं मिनेटमा डेले अलीको प्रहार आकासियो ।

३७औं मिनेटमा लिभरपुलले खेलमा अग्रता लिन सफल भयो । मोहम्मद सलाहको पासमा फिर्मिनोले गोल गर्न सफल भए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने मौका सिर्जना गरेपनि गोल गर्न नसक्दा फिर्मिनोको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो ।

अन्य नतिजा

सेफिल्डविरुद्ध वेस्टह्याम (१–०)

क्रिस्टल प्यालेसविरुद्ध आर्सनल (१–१)

एभर्टनविरुद्ध ब्राइटन (१–०)

वल्भ्सविरुद्ध न्युक्यासल (१–१)

प्रकाशित : , ०, ००४:५०

इब्राहिमोभिच चम्कँदा मिलान विजयी