बार्सिलोनाका पुर्व स्टार गोमेज प्रशिक्षणमा फर्किए

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पुर्व सेन्टर मिडफिल्डर तथा इंग्लिस क्लब एभर्टनका पोर्चुगिज आन्द्रे गोमेज प्रशिक्षणमा फर्किएका छन् । उनले शुक्रबारदेखि व्यक्तिगत रुपमा सामान्य प्रशिक्षण थालेको र अर्काे साताबाट पुर्ण रुपमा टिमसँगै प्रशिक्षण थाल्ने क्लबले उल्लेख गरेको छ ।

गत नोभेम्वरमा प्रिमियर लिग दौरान टोटेनहम हस्टपरका ह्युङ मिन सनको गम्भीर ट्याकलमा परेपछि गोमेजको दायाँ खुट्टाको एंकल नै भाँचिएको थियो । खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

लगत्तै उनलाई अस्पताल पु¥याइएको थियो । उनको एन्ट्री अस्पतालमा सफल शल्यक्रिया भएको थियो । शल्यक्रियापछि निरन्तर उपचारमा रहनुका साथै क्लबको मेडिकल स्टाफको सल्लाहमा युएसएम फिन्च फार्ममा रिह्याव गरेका थिए ।

एभर्टनका प्रशिक्षक कार्लाे एन्सेलोटीले २६ वर्षे गोमेजको राम्रो रिकभरी भइरहेको बताएका छन् । ‘यो हाम्रो लागि राम्रो समाचार हो । उनको राम्रो रिकभरी भइरहेको छ । उनले व्यक्तिगत रुपमा प्रशिक्षण शुरु गरिरहेका छन् । उनले अर्काे सातादेखि टिमसँगै प्रशिक्षण गर्न सक्नेछन् ।’ प्रशिक्षक एन्सेलोटीले भने, ‘उनले आफ्नो स्वास्थ्यमा राम्रो गर्दैछ । यो द्रुत गतिमा भइरहेको छ । त्यसैले हामील गोमेजलाई टिममा छिट्टै नै देख्न सक्नेछौं । उनी एक उत्कृष्ट खेलाडी हुन् ।’

प्रकाशित : , ०, ००४:२०

अपराजित यात्रा कायमै : टोटेनहमको मैदानमा लिभरपुल विजयी !