मेस्सी भर्सेस रोनाल्डो २.O: मेस्सी र रोनाल्डो २.O बीच लफडा ! [भिडियो सहित]

एजेन्सी – स्पेनिस सुपर कप अन्तर्गत बिहीबार साउदी अरेबियामा सम्पन्न दोस्रो सेमिफाइनलमा बार्सिलोना एटलेटिको म्याड्रिडसँग पराजित भयो। बार्सिलोना तथा मेस्सी समर्थकको बाक्लो उपस्थित रहेको खेलमा एटलेटिकोसँग ३-२ ले पराजित हुनु एकप्रकारले दुर्भाग्यपूर्ण नै रह्यो।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन। तर, दोस्रो हाफमा भने खेलले रोमान्चक मोड लियो । दोस्रो हाफमा दुवै टोलीबाट कुल ५ गोल भए। यता बार्सिलोनाले गरेको थप दुई गोलले मान्यता पाएन।

दोस्रो हाफको सुरुवातमै कोकेले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए। त्यसपछि लिओनेल मेस्सी र एन्टोइन ग्रिज्मनले गोल फर्काएर बार्सिलोनालाई अग्रता दिलाए।

खेलको अन्तिम समयमा संयमित रहेको एटलेटिकोले अल्भारो मोराटाको पेनाल्टीमा खेल पुन: बराबरीमा ल्यायो । अन्तिममा एन्जल कोरियाले गोल गर्दै एटलेटिकोलाई फाइनल पुर्याए।

बिहिबार राति सम्पन्न खेलमा मेस्सी र ‘रोनाल्डो २.O’ भनेर चिनिएका जोआओ फेलिक्स आमने-सामने भए। खेल चल्दै गर्दा बार्सिलोनाका जोर्डी अल्बासँग भएको झगडाले फेलिक्सलाई मेस्सीसँग आमने-सामने सम्म गरायो।

जोर्डी अल्बाले औंला तेर्स्याउँदा हात झड्काले पछि शुरु भएको विवाद केहि तनावपूर्ण रह्यो। पहिलो हाफ सकिएलगतै मेस्सी र फेलिक्सबीच भनाभन भयो। जसक्रममा दुवै आमने-सामने भए।

दुवैलाई छुट्याउन सम्बन्धित क्लबमा खेलाडीहरुले कोशिस गरे। तर, बार्सिलोनाका लुइस स्वारेजको भने केहि आक्रामक शैली देखियो। सोहि विवाद साम्य बनाउने आएका एटलेटिका स्टेफेन साभिकसँग समेत लुइस स्वारेजको ठेलम-ठेल भयो। जस कारण दुवैले पहेंलो कार्ड पाए।

बिहिबार राति मेस्सी र फेलिक्स बीचको लफडाले सामाजिक संजाल देखि मिडियाहरु सम्म छुट्टै स्थान पाएको छ। यस विवादलाई मेस्सी भर्सेस रोनाल्डो २.O भन्दै चर्चा गरिएको छ।

प्रकाशित : , ०, ०१४:०९

बार्सिलोनाका पुर्व स्टार गोमेज प्रशिक्षणमा फर्किए