मेलबर्न डर्बी : सन्दीपले लिए २ महत्वपूर्ण विकेट !

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सले मेलबर्न स्टार्सलाई १ सय ६९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनायो ।

रेनेगेड्सका शन मार्शले सर्वाधिक ६३ रनको योगदान दिए । सन्दीप लामिछानेले १४ औं ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड आउट गर्नुअघि मार्शले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । मार्कस हरिस ३२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रनमा रन आउट भए ।

पहिलो विकेटका लागि शन मार्श र मार्कस हरिसले १०.३ ओभरमा ८६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । बेयू वेबस्टर २५, डानियल क्रिस्टियन १२ र टम कपुर १५ रनमा आउट भए । सन्दीप लामिछानेले ४ ओभरमा ३९ रन खर्चिदै २ विकेट लिए । नाथन कुल्टर नाइलले २ र हरिस रउफले १ विकेट लिए ।

सन्दीपको चार ओभर नवौं ओभरको पहिलो बलमै सन्दीपलाई शन मार्शले छक्का प्रहार गरे । दोस्रो बलमा शन मार्श र तेस्रो बलमा मार्कस हरिसले १-१ रन लिए । चौथो डट र पाँचौमा २ रन दिए । अन्तिम बलमा १ रन खर्चिए । १२ औं ओभरको पहिलो र दोस्रो बलमा १-१ रन खर्चिए ।

सन्दीपले तेस्रो बल डट राखे । चौथो बलमा सन्दीपलाई शन मार्शले छक्का प्रहार गरे । पाँचौ बल डट राखेका सन्दीपले अन्तिम बलमा चौका खर्चिए । १४ औं ओभरको पहिलो बल डट राखेका सन्दीपले दोस्रो बलमा शन मार्शलाई २ रन दिए ।

तेस्रो बलमा सन्दीपले आफैं क्याच लिदै मार्शलाई ६३ रनमा पेभिलिएन फर्काए । सन्दीपले चौथो र पाँचौ बल डानियल क्रिस्टियनलाई डट राखे । अन्तिम बल वाइडका रुपमा चौका दिए । बेयू वेबस्टरले अन्तिम बलमा सन्दीपलाई चौका प्रहार गरे ।

१७ औं ओभरको पहिलो बलमै सन्दीपले वेबस्टरलाई सेब गोचबाट क्याच गराए । दोस्रो बलमा सन्दीपले क्रिस्टियनलाई एक र तेस्रो बलमा टम कपुरलाई डट राखे । चौथो बलमा टम कपुरले चौका प्रहार गरे । सन्दीपले पाँचौ बल डट राख्दा अन्तिम बमा एक रन दिए ।

प्रकाशित : , ०, ०१०:०१

पेलेलाई पछि पार्दै मेस्सी, यस्तो छ हिसाब-किताब !