काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यहाँ रहेका नेपालीको हित र सुरक्षाबारे अहिलेदेखि नै उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
राप्रपा अध्यक्ष एवं पार्टीका अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले पछिल्लो अन्तरराष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण तथा विभागको भावी कार्यक्रमको खाकाका विषयमा छलफल गरी सो निर्णय गरेको पार्टी अन्तरराष्ट्रिय सम्बन्ध विभाग सदस्य सचिव प्रा डा गीताभक्त जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
पार्टी अध्यक्ष एवं अन्तराष्ट्रिय सम्बन्ध बिभाग प्रमुख कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यस क्षेत्रमा रहेका नेपालीहरुको हित र सुरक्षाको बारेमा अहिले देखि नै उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय- pic.twitter.com/X2rS3qxg2b
— राप्रपा (@rpp_nepal) January 9, 2020