सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तद्वारा शपथ

काठमाडौँ – राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिनुभएको थियो भने आयुक्तद्वय कमला वली र दीपक मैनालीले प्रमुख आयुक्त गुरुङबाट शपथ लिनुभयो ।

आजै उहाँहरुले आफ्नो कार्यभार सम्हाल्नुभएको आयोगका सूचना अधिकारी बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । उहाँहरुको पदावधि पाँच वर्षको हुन्छ ।

कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, सूचना आयोगका सचिव मणिराम ओझालगायत उपस्थित हुनुहुन्थ्यो ।

यस अघिका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटा तथा सूचना आयुक्तद्वय किरण पोखरेल र यशोदा तिमिल्सिनाको पदावधि हिजो बुधबार सकिएको हो ।

प्रकाशित : , ०, ०१३:१५

धुलिखेलबाट गएको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गयो !