काठमाडौँ – सल्यानमा भएको एक दुर्घटनामा परी १ दर्जन भन्दा बढी यात्रु घाइते भएका छन्। छिन्चु – जाजरकोट सडक खण्डमा यात्रुबाहक सवारी दुर्घटना हुँदा बिहिबार १८ जना घाइते भएका हुन्।
काक्रेबिहार यातायात प्रालिको भे१ख २५७३ नम्बरको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको सल्यानको बनगाड कुपिण्डे नगरपालिका- ११ को बालुवा संग्रही नजिक दुर्घटनामा परेको बताइएको छ।
प्रहरीका अनुसार गाडी सडकभन्दा १ सय ५० मिटर तल पुगेको छ। सुर्खेतबाट जाजरकोटको लागि छुटेको उक्त गाडी ओरालोमा ओभरस्पिड भएकाकारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ। अवस्था गम्भीर रहेकाहरुमा सुर्खेत भेरगंगा ननगरपालिका छिन्चुका वर्ष ३५का चालक प्रकाश शर्मा, सोही नगरपालिका ९ जहरेका ४९ वर्षीय शान्त कुमार तिरुवा, सशस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ का ३० वर्षीय होम पङ्गाली, सल्यान बनगाड कुपिण्डे नगरपालिका १ का १३ वर्षीय अनिश विश्वकर्मा, छेडागाड नगरपालिका ९ जाजरकोटका २१ वर्षीय भगवती लगायत छन्।
इलाका प्रहरी कार्यालय सल्लीबजारका अनुसार घाइतेहरुलाई नेपालगन्ज पठाइएको छ।