आज ह्वातै घट्यो सुनचाँदीको भाउ!

काठमाडौँ, पुष २४ । नेपाली बजारमा बिहिबार सुनको मूल्य  घटेको छ । निकै उतार चढाबका बीच कारोबार हुँदै आएको सुनको मुल्य बुधबार  (हिजो) तोलामा  १ हजार रुपैयाले बढेको थियो । आज  बिहिबार भने सुनको मुल्य तोलामा एक्कासी १ हजार रुपैयाले घटेको छ ।

बिहिबार  छापावाला सुनको मुल्य तोलामा ७५  हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ७६ हजार ५ सय रुपैयामा कारोबार भएको थियो।

यस्तै तेजावी सुनको मूल्य पनि तोलामा १ हजार रुपैयाले नै घटेको छ । आज तेजावी सुनको मूल्य तोलामा ७५ हजार २ सय रुपैया कायम रहेको छ। बुधबार तेजावी सुनको मूल्य ७४ हजार २ सय रुपैयामा कायम थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाले घटेको छ। आज चाँदीको मुल्य तोलामा ९ सय रुपैयामा कायम रहेको छ ।

पछिल्लो समय लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने बढेका छन् । राजधानीका चलेका सुन पसलमा नयाँ गहना खरिद गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको छ । सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका छन् । मध्यपूर्वको तनावले सुनकाे भाउ लगातार बढेकाे सुनचाँदी व्यवसायीले जनाएका छन्।

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिए ।

प्रकाशित : , ०, ००७:२३

आज पनि घट्यो सुनको मुल्य!