“वामदेव प्रधानमन्त्री बन्न हुन्न र ? २०७४ को निर्वाचन नहारेको भए प्रधानमन्त्री बनिसक्थें”

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यबीचको हैसियतमा असमानता रहेको प्रति आपत्ति जनाएका छन्।

राससका लागि प्रकाश सिलवाल, रमेश लम्साल र शरद शर्मासँग गरेको संवादका क्रममा नेता गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यबीचको हैसियतमा असमानता हटाउनुपर्ने बताएका हुन्।

‘राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यबीचको हैसियतमा असमानता छ भन्ने बुझाइ हो तपाईँको ?’ भन्दै गरिएको प्रश्नमा उनले भने,”–हो, यो असमानता हटाउनुपर्छ । म शक्तिशाली संस्थामा रहन चाहन्छु । मेरो स्वभाव पनि त्यस्तै खालको छ ।”

आउँदो निर्वाचनमा पछि प्रधानमन्त्री बन्न सकेको खण्डमा राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुने व्यवस्था गराउने उनले स्पष्ट पारे। राष्ट्रियसभा र प्रतिनिधिसभा बीच रहेको भिन्नतालाई संशोधनबाट समाप्त गर्ने उनले घोषणा समेत गरे।

राष्ट्रियसभाबाट उपप्रधानमन्त्री र मन्त्री हुन पाउने व्यवस्था रहिआएको हुँदा राष्ट्रियसभाबाट प्रधानमन्त्री पनि हुन पाउने व्यवस्था गरिनु पर्ने उनको तर्क छ।

“मेरो लाग्यो, पुग्यो भने वा केही गरी म फेरि निर्वाचनमा गएर जितेर म प्रधानमन्त्री भएर आए भने सबभन्दा पहिले मैले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुने व्यवस्था गराउँछु । राष्ट्रियसभा र प्रतिनिधिसभाको त्यो भिन्नता किन ? एउटा माथिल्लो र अर्काे तल्लो गरी जुन व्यवस्था छ । त्यसलाई संशोधनबाट समाप्त गर्नेछु । राष्ट्रियसभाबाट उपप्रधानमन्त्री र मन्त्री हुन पाउँछन् तर प्रधानमन्त्री हुन नपाउने व्यवस्थाको अन्त्य गरिनुपर्छ । राष्ट्रियसभाले निर्णय गर्यो तर तलकोले उल्टाइदिन्छ । तलको निर्णय गर्यो माथिल्लोले उल्टाइदिन्छ । यस्तो हुनु हुन्न ।”,उनले भने।

यस्तै वामदेवले गत निर्वाचनमा पराजित नभएको भए आफू प्रधानमन्त्री बन्ने सम्भावना रहेको पनि खुलासा गरेका छन्। विसं २०७४ को निर्वाचनमा अध्यक्ष ओली र प्रचण्ड आफूलाई प्रधानमन्त्री तपाई बन्नुपर्छ भनेको खुलाए।

“के फरक प-यो त । वामदेव प्रधानमन्त्री बन्न हुन्न ? मैले खोजेकै हो । म प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा त गएकै निर्वाचमना भनिएको हो । २०७० को निर्वाचनमा प्यूठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर लगिएको हो, मलाई ।”,उनले भने,”विसं २०७४ को निर्वाचनमा अध्यक्ष ओली र प्रचण्ड तथा सबैले भनेको कुरा के हो भने तपाईंका समकक्षी हामी प्रधानमन्त्री भइसक्यौँ । अब पहिलो पटक प्रधानमन्त्री हुने तपाईलेनै हो, तपाईं नै लाग्नुस् । उहाँहरुले नै भनेको हो । चुनावमा गइयो, हारियो ।”

प्रकाशित : , ०, ००९:११

“सकेको भए धोतीटोपी समाप्त गरेर मलाई देश निकाला गरिसक्थे”