काठमाडौँ – भारतको नयाँ नक्सामा नेपाली भूभाग आफ्नोतर्फ देखाएपछि नेपाल सरकारले आपत्ति जनाउँदै निकालेको विज्ञप्ति प्रति समाजवादी पार्टी नेपालमा अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन्।
विज्ञप्तिमा सरकारले “कालापानी क्षेत्र” भनेता पनि स्पष्ट नखुलाइएको प्रति उनको आपत्ति छ। सामाजिक संजाल ट्वीटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन्।
चरम राष्ट्रवादको डंका पिटेर दुईतिहाइ बहुमत ल्याएको नेकपाको सरकारले भारतीयक कदमविरूद्ध कडा विज्ञप्ति निकाल्न नसकेको उनको आरोप छ।
“चरम‘राष्ट्रवाद’को डंका पिटेर दुईतिहाइ पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला?”, ट्वीटरमा भट्टराईले लेखेका छन्।
चरम राष्ट्रवादको डंका पिटेर दुईतिहाइ बहुमत ल्याएको नेकपाको सरकारले भारतको अगाडी निरिह बन्दै कडा शब्दमा प्रतिवाद गर्न नसकेको उनको आरोप छ।
“के त्यो हस्ताक्षर हो? हात (वा आँत?) किन काँपेको होला? अनि ‘कालापानी क्षेत्र’भनेको कति र कहाँसम्म हो? इँजार फुस्क्यो है!”, भट्टराई भनेका छन्।
चरम‘राष्ट्रवाद’को डंका पिटेर२/३पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला? के त्यो हस्ताक्षर हो?हात(वा आँत?) किन काँपेको होला?अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो?इँजार फुस्क्यो है! pic.twitter.com/34M0ZvjCGh
— Baburam Bhattarai (@brb1954) November 6, 2019
यस्तै अर्को एक ट्वीटमा भट्टराईले कालापानीमा तत्कालीन राजा महेन्द्र शाहले भारतीय सेना राख्न अनुमति दिएको कारण विवाद उत्पन्न भएको पनि उल्लेख गरेका छन्।
“लिम्पियाधुराबाट निस्कने महाकाली नदी नेपालको पश्चिमी सीमा भएको सुगौलीसन्धीबाट स्थापित ध्रुवसत्य हो!त्यसभन्दा पूर्वका कालापानी,लिपूलेक क्षेत्र स्वत: नेपालका अविभाज्य भूभाग हुन्। परन्तु आफुलाई बढी ‘राष्ट्रवादी’ठान्ने राजा महेन्द्रले त्यहाँ भारतीय सैनिक राख्न दिएदेखि उठेको विवाद हल गर्न बनेको संयन्त्रले काम पूरा नगर्दै भारत सरकारले एकपक्षीय रूपमा सो क्षेत्र समेटेर नक्सा जारी गर्नु स्वाभिमानी नेपालीलाई सह्य हुनसक्दैन!”,भट्टराईको ट्वीट छ।
लिम्पियाधुराबाट निस्कने महाकाली नदी नेपालको पश्चिमी सीमा भएको सुगौलीसन्धीबाट स्थापित ध्रुवसत्य हो!त्यसभन्दा पूर्वका कालापानी,लिपूलेक क्षेत्र स्वत: नेपालका अविभाज्य भूभाग हुन्!परन्तु आफुलाई बढी ‘राष्ट्रवादी’ठान्ने राजा महेन्द्रले त्यहाँ भारतीय सैनिक राख्नदिएदेखि उठेको विवाद हल ..२ pic.twitter.com/ioAzo0wZjU
— Baburam Bhattarai (@brb1954) November 6, 2019
गर्न बनेको संयन्त्रले काम पूरा नगर्दै भारत सरकारले एकपक्षीय रूपमा सो क्षेत्र समेटेर नक्सा जारी गर्नु कुनै पनि स्वाभिमानी नेपालीलाई सह्य हुनसक्दैन!ठूलो आकारको छिमेकी देश हुनाले उसले नै यस मामिलामा बढी उदारता देखाउनुपर्ने हो!वार्ताद्वारा सत्यतथ्यका आधारमा शीघ्र यो समस्या हल होस्!
— Baburam Bhattarai (@brb1954) November 6, 2019