बेलसँगको सम्बन्ध बारे फेरी बोले जिदान, बेलले क्लब छाडुन भन्नेहरुलाई यस्तो सन्देश !

एजेन्सी – रियल म्याड्रिडले च्याम्पियन्स लिगको समूह चरणमा गालातासारेसँग दोस्रो भेटमा पनि सफलता प्राप्त गर्ने अपेक्षा गरेको छ । तर, फेरि पनि एक पटक प्रि म्याच कन्फ्रेन्स गेराथ बेलमा केन्द्रित भएको छ । टोलीका प्रशिक्षक जिनेदिन जिदानले वेल्सका बेल कम्तिमा सिजनको अन्त्यसम्म क्लबमै रहनेमा आशावादी रहेको बताएका छन् ।

‘म बेललाई यो सिजनको अन्त्यसम्म पनि यहि रहुन् भन्ने चाहन्छु,’ गालातासारेविरुद्ध खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कतिपयले जनवरीमा उनले क्लब छाडुन भन्ने चाहेको बताएका छन् । तर त्यो वकवास हो । हाम्रा समर्थकले सकारात्मक सोच्नुपर्दछ । हामी उनलाई क्लबमै रहेको देख्न चाहन्छौं ।’

जिदानले उनी पूर्ण रुपमा फिट भएर फर्कुन भन्ने चाहेको बताए । तर अहिले उनी पूर्ण रुपमा ठिक नभएको पनि उनले प्रष्ट पारे । तर क्लबका लागि फिट नभएका बेल वेल्सको राष्ट्रिय टोलीमा भने समेटिदा कतिपय समर्थक आश्चार्यमा परेका थिए । जिदानले वेल्सका प्रशिक्षक रायन गिग्सको निर्णयको बचाउ समेत गरे ।

‘हामी खेलाडीको सहजतालाई पनि हेर्छौ । अहिलेको क्षणमा सामान्यता खेल्नका लागि बेल तयार छैनन्,’ जिदानले भने,’ उनलाई टोलीमा समेट्ने अधिकार वेल्ससँग छ । खेलाडी पनि फिट हुन चाहन्छन् । त्यसमा कुनै शंका छैन । यो साता के हुन्छ हामी हेर्छौ । तर अहिले सम्मको अवस्थामा उनी फिट छैनन् । ‘

जिदानले फेरि एक पटक उनको र बेलका बीचमा राम्रो सम्बन्ध रहेको बताएका छन् ।’ हाम्राबीचमा राम्रो सम्बन्ध छ । हरेक दिन राम्रो छ । म हरेक खेलाडीलाई माया गर्छु,’ जिदानले थपे, ‘बेलसँग केहि नराम्रो भएको छ । यो सिजन पनि केहि भएको छ । तर सञ्चारमाध्यमले जहिले पनि उनलाई छिटो निकालेको भन्दै प्रश्न गर्छन । तर, मैले सधै त्यस्तै गरको हुन्छ ।’

जिदानले केहि खेलाडीसँगको सम्बन्ध निकटताको रहने उल्लेख गर्दै भने, ‘हरेक खेलमा बेल टोलीसँगै हुन्छन् । मध्यान्तरमा पनि टोलीलाई साथ दिइरहेका हुन्छन् । तर, सञ्चारमाध्यमले हरेक पटक फरक देख्न चाहन्छ । बेल टोली जितेको हेर्न चाहन्छन् । यसमा मलाई कुनै शंका छैन ।’

फ्रान्सेली युवा फरवार्डको अर्को प्रसंगमा उनले धेरै बोल्न चाहेनन् । हालै मात्र उनले कुनै दिन रियलमा खेल्न चाहेको सञ्चारमाध्यममा प्रकाशित भएको थियो । ‘भविष्यमा के हुन्छ त्यो उनमै निर्भर गर्छ,’ जिदानले भने, ‘अहिले उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) मा छन् । भविष्यमा हेरौं के हुन्छ । रियलबाट एक दिन खेल्ने सपना रहेको उनी आफैले सधै भन्दै आएका छन् ।’

प्रकाशित : , ०, ०१०:०२

ब्राजिलियन १८ वर्षीय युवा फरवार्ड रोड्रीगोको ह्याट्रिकमा रियलको शानदार जित