मेडिकल माफियालाई धुलो चटाएरै छाड्ने विप्लव पुत्रको चेतावनी, डा.केसीलाई समर्थन !

काठमाडौँ – प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका पुत्र प्रकाश चन्द ठकुरीले मेडिकल माफियालाई धुलो चटाउने चेतावनी दिएका छन्।

मेडिकल शिक्षाको सुधारको माग गर्दै गरिएको आन्दोलन अन्तर्गत मंगलबार माइतीघर मण्डलमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतवानी दिएका हुन्।

उनले मेडिकल माफियालाई सरकारले साथ दिइरहेको आरोप पनि लगाए। माफियालाई सरकारले साथ दिए आन्दोलनले अझ सशक्त रुपमा अगाडी बढाउने उनको चेतावनी छ।

“मेडिकल माफियालाई धुलो चटाउछौं । माफियालाई सरकारले साथ दिरहेको छ। यस्तै रहेको आन्दोलनले अझ सशक्त रुपमा अगाडी बढ्छ।”,चेतवानी दिँदै उनले भने।

मंगलबार काठमाडौं बाहिरका मेडिकल कलेजमा अध्ययनरत् करिब तीन सय विद्यार्थीले माइतीघर मण्डलामा आन्दोलन गरेका थिए। विरोध सभामा चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, भैरहवा र नेसनल मेडिकल कलेज, वीरगन्जमा अध्ययनरत् विद्यार्थीहरु सहभागी भएका थिए।

मेडिकल शैक्षिक संस्थाहरुले जथाभावी असुलेको शुल्क फिर्ताको माग राख्दै मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीहरुले यस अगाडी पनि आन्दोलन गरेका थिए। तर मेडिकल शैक्षिक संस्थाहरुले फिर्ता गर्न अटेर गरेपछि विद्यार्थीहरुले पुन : आन्दोलन शुरु गरेको हुन्।

विप्लव पुत्र प्रकाश चन्द पछिल्लो केहि समय देखि मेडिकल शिक्षाको सुधारको माग राख्दै आन्दोलनमा होमिएका छन्। चन्दले यस अगाडी नै सोमबार देखि डडेल्धुरामा अनशन शुरु गरेका डा. गोविन्द केसीलाई पनि समर्थन रहने बताइसकेका छन्।

प्रकाशित : , ०, ०१२:३१

नेपाल–युएई श्रम समझदारी कार्यान्वयनमा : अब श्रमको लागि युएई जाँदा पैसा नलाग्ने !