काठमाडौं – स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले उत्कृष्ट प्रर्दशन गरेपछि मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) ले नेपाललाई २ सय २ रनको मध्यम लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसी ४० औं ओभरमा अल आउट हुँदै २ सय १ रनमा समेटियो । एक समय विशाल योगफलतर्फ उन्मुख देखिएको एमसीसी पवन र ललितको स्पिनमा खुलेर खेल्न सकेको थिएन । एमसीसीका ओपनर विल रोड्स र बिली गोडलम्यानले अर्धशतक प्रहार गर्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । २७ औं ओभरको अन्तिम बलमा ललितले रोड्सलाई क्याच आउट गराएका थिए । रोड्सको रनमा ४ चौका सामेल रह्यो । रोड्सले २ पटक सम्म जीवनदान पाएका थिए ।
अर्का ओपनर ओपनर बिली गोडलम्यान ५२ रन जोडे । ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच गर्नु अघि बिलीले ६ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि त्यसपछि निरन्तर किवेट गुम्दा ठूलो योगफल बनाउन चुकेको हो । ललित नारायण राजवंशीले टम वेस्टलीलाई १९ ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गरे ।
अभिनासले २८ औं ओभरको चौथो बलमा विल भानडरसपारलाई आरिफ शेखबाट ३६ रनमा क्याच आउट गराए । उनले ३ चौका र २ छक्का प्रहार गरे । २९ ओभरको पाँचौ बलमा ललितले विकेटकीपर विनोद भण्डारी स्टम्पिङ आउट गराउँदै ३ रनमा पेभिलिएन फर्काए । कप्तानी जिमी एडम्सलाई पवन सरार्फले ३२ ओभरको चौथो बलमा १० रनमा बोल्ड आउट गरे ।
क्यालम ज्याक्सनलाई ललितले ३७ ओभरमा ८ रनमा आउट गरे । एलेक्स थप्सनलाई पवन सरार्फले १६ रनमा क्याच आउट गराए । नेपालका दुई स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले समान ४ विकेट लिए । तीब्र गतिका बलर अभिनास बोहोरा र करण केसीको नाममा समान १ विकेट रह्यो ।