घटना सामसुम पार्न एसपी र आलमबीच सल्लाह, प्रहरीको स्कर्टिङमा घाइतेहरलाई इँटाभट्टा पुर्याइयो !

काठमाडौँ – पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर ज्यान लिएको आरोप लागेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहमद अफताब आलम विरुद्ध सोमबार(आज) मुद्दा दायर हुँदैछ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलम विरुद्ध मुद्दा दायर गर्न लागेको हो। प्राप्त जानकारी अनुसार जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलम सहित ११ जना विरुद्ध सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गर्दैछ।

सिङ्गो राज्यसंयन्त्रनै दबाउन लागिपरेको उक्त घटनाका अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर गर्न लागिएको हो। राजनीतिक दबावमा उक्त घटना दबाउन भूमिका खेलेको प्रहरी संयन्त्रलाई समेत आरोप छ।

उक्त समयमा चुप बसेका प्रहरी अधिकारीहरुले समय अहिले मुख खोल्न थालेका छन्। घटनाको लगभग १२ वर्ष पछि मात्रै आलम पक्राउ पर्नुले पनि उक्त घटना दबाउन सम्पूर्ण क्षेत्रबाट पहल भएको स्पष्ट हुन आउँछ।

आलम पक्राउ परेपछि विभिन्न प्रहरी अधिकारीहरुले गरेको खुलासा अनुसार सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमको सल्लाहमा विस्फोटका घाइते भएकाहरुलाई इँटाभट्टामा हालिएको थियो।

घाइतेहरुलाई ट्रयाक्टरमा इँटाभट्टामा लैजाने क्रममा प्रहरीको गाडीले स्कर्टिङ गरेको पनि केहि प्रहरी अधिकारीहरु बताउँछन्।

प्रकाशित : , ०, ००५:०८

नेकपाको उम्मेदवारमा पूर्वमाओवादी ढकाल