काठमाडौँ – आइतबार सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद्काे बैठकबाट पदमुक्त गर्न गरिएको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेकी हुन्।
सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको बारे राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ। राष्ट्रपति कार्यालयका अनुसार संविधानकाे धारा १६५ काे उपधारा १ (ख) बमाेजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएकाे हाे ।
विज्ञप्तिमा भनिएको छ,”आज मिति २०७६ साल कात्तिक १७ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/७/१७ को निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ”