डा भगवान कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

काठमाडौँ – डा भगवान कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएका छन्। कोइरालालाई सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो।


प्राप्त जानकारी अनुसार आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हो।


शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कर्डियोथोरासिक एण्ड भस्कुलर सेन्टरमा स्वास्थ्य परिक्षण गराएर प्रधानमन्त्री केपी शर्मा ‌ओली फर्किएलगतै बसेको मन्त्रिपरिषद्को बैठकले कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ।

कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिसकिएको छ। त्रिविको उपकुलपतिका लागि कोइरालाको नाम शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले गरेको थियो।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा भन्दा पनि काउन्सिलको अध्यक्ष बनाउन उपयुक्त हुने आवाज उठेपछि सरकारले यस्तो निर्णय गरेको हो। कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गरिएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा धर्मकान्त बास्कोटा नियुक्त हुने सम्भावना बढेर गएको छ।

प्रकाशित : , ०, ००८:४८

“उपनिर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउनुस् पार्टीभित्रको विवाद अन्त्य हुन्छ”