काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले जिल्ला कमिटीहरूको एकीकरणको टुंगो लगाएको छ।
युवा संघ कार्यालयमा शनिबार बसेको बैठकले देशका ७७ वटै जिल्ला कमिटीको भागबण्डा मिलाएको हो। शनिबारको बैठकले गरेको निर्णय अनुसार तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्लाको नेतृत्व पाउने छ भने योङ कम्युनिस्ट लिग (वाईसीएल)ले ३५ जिल्लाको नेतृत्व पाउनेछ। शनिबार भएका निर्णयहरुलाई राष्ट्रिय युवा संघ नेपालले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ।
संगठनका सबै तहहरूमा साविकको एक संगठनबाट संयोजक र सहदइन्चार्ज हुँदा साविकको अर्को संगठनबाट सहसंयोजक र इन्चार्ज हुने गरी युवा संघले जिल्ला कमिटीहरूको एकीकरणको टुंगो लगाएको हो।
प्रदेश, जिल्ला, महानगर तथा उपमहामगरहरूमा इन्चार्ज तथा सहदइन्चार्ज केन्द्रिय समितिका सदस्यहरू रहने शनिबार बसेको बैठकको निर्णय छ।
यस्तै कात्तिक ३० गते समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको युवा संघ नेपालले जनाएको छ। उपनिर्वाचनका लागि किरण पौडेलको नेतृत्वमा प्रभात कटवाल, ज्ञानेन्द्र गुरूङ्, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नविन खड्का र प्रकाश लामिछाने सहितको एक प्रचार/प्रसार समिति पनि उक्त बैठकले गरेको युवा संघ नेपालले जनाएको छ।