काठमाडौँ : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण २४ घण्टा प्रभावित हुने भएको छ ।
असोज २५ गते एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७ बाट नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी अवतरण हुँदा त्रिभुवन विमानस्थलको उडान तथा अवतरण प्रभावित हुने भएको हो ।
राष्ट्रपति सी सवार हुने जहाजले अन्तर्राष्ट्रिय उडान तर्फको जहाज पार्किङ वेको ८० प्रतिशत भन्दा बढी ठाउँ ढाक्ने भएकाले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडान २४ घण्टासम्म प्रभावित हुने बताइएको छ ।
गत बुधबार चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको तयारीको लागि चिनियाँ जहाज काठमाडौं आएको थियो । विमान नेपाल आइपुग्दा विमानस्थलले अन्य व्यवसायीक आन्तरिक र अन्तराष्ट्रिय उडान बन्द गराएर केहि समय पछि पुन : सुचारु गराएको थियो।
बुधबार एयर चाइनाको बोइङ जहाजमा आएका चिनियाँ अधिकारीहरूले विमानस्थल प्रशासन र सुरक्षाका अधिकारीसँग छलफल गरेका थिए। उनीहरुले भ्रमणको क्रममा अपनाइने सुरक्षा सतर्कता लगायतका छलफल गरेका हुन् ।