नेपाल जिम्बावेसँग फेरि पराजित

त्रिकोणात्मक सिरिजमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ । १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रन बनायो । नेपालका लागि विकेटकिपर विनोद भण्डारीले ३५ बलमा ४ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए ।

त्यस्तै करण केसीले १० बलमा समान १ चौका र छक्का सहित १८ रनमा क्याच आउट भए । पहिलो ओभरमो अन्तिम बलमा ओपनर पवन सरार्फ शून्यमा क्याच आउट भए । दोस्रो ओभरको चौथो बलमा उप कप्तान दीपेन्द्र सिंह ऐरी तेन्दाइ चतराको बलमा खराब शट खेल्दै ४ रनमा पेभिलिएन फर्केका थिए । कप्तान पारस खड्कालाई सन विलियम्सले १२ रनमा क्याच आउट गराएपछि नेपाल संकटमा परेको थियो । पारसले १५ बलमा २ चौका प्रहार गरे ।

आरिफ शेख दशौं ओभरको तेस्रो बलमा ठूलो सटको धुनमा बाउन्डी लाइन नजिकै तिनोटन्डा मुतोम्बोडजीबाट २५ रनमा क्याच आउट हुन पुगे । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे । जिम्बावेको जितमा कप्तान सन विलियम्सले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तिनोटन्डा मुतोम्बोडजी २,तेन्दाइ चतरा,ड्यानियल जकेल,विलियम मैशिंग रयान बर्लको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको जिम्बावेले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो। सन्दीप लामिछानेले पहिलो ओभरको चौथो बलमा ओपनर ब्रायन चरीलाई शून्यमा एलवी डब्लू आउट गरे । चौथो ओभरको चौथो बलमा सोमपाल कामीले अर्का ओपनर रेजिश चकवालाई ६ रनमा बोल्ड आउट गरे । सन्दीपले पाँचौ ओभरको अन्तिम बलमा आक्रमक ब्याटिङ गरेका पिटर मुरलाई २१ रनमा बोल्ड आउट गर्दै दबाबमा राखे ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । नेपालले त्रिकोणात्मक सिरिजमा अन्तिम खेल भोली सिंगापुरसाग खेल्ने छ ।

प्रकाशित : , ०, ०१६:०३

दशैंमा पनि रंगशालाको काम नरोकिने !