प्रदेश नं ३ प्रदेशसभाको बैठक यही भदौ ८ बजे दिनको २ बजे बस्ने भएको छ ।
उक्त दिन बस्ने बैठकमा सार्वजनिक निजी सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश यातायातसम्बन्धी व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ छलफलका लागि प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले राससलाई बताउनुभयो ।
सोही दिन बस्ने बैठकमा प्रदेश मामिला समिति तथा अन्य समितिबाट पारित भइआएका चार प्रतिवेदन पनि छुट्टाछुट्टै प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो ।प्रदेश सरकारले ०७६÷७७ का लागि गत असार १२ गते प्रस्तुत गरेकोे बजेट पारित गरिएपछि बैठक स्थगित गरिएको थियो ।
काठमाडौँ उपत्यकाभित्र सरकारी भवन निर्माण गर्न सामान्यतया कति वर्ष लाग्छ भन्ने जवाफ स्वयं सरकारी निकायसित छैन । सम्झौता भएको आठवर्ष बित्न लाग्यो, चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवन कहिले बन्छ र अस्पताल सञ्चालनमा आउँछ ? यसको उत्तर छैन–शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या तथा शहरी विकास मन्त्रालयसित । प्रतिनिधिसभा, स्वास्थ्य तथा शिक्षा समितिले पटक–पटक ती तीन मन्त्रालयसहित त्रिभुवन विश्वविद्यालयसित समेत सो प्रश्नको लिखित जवाफ माग ग¥यो तर ती निकायले भवन निर्माण गरी अस्पताल सञ्चालनमा आउने सम्भावित मितिसहितको जवाफ हालसम्म उक्त समितिलाई दिएका छैनन् । “गैरजिम्मेवारीको पराकाष्ठ बढ्योे । अति भो । समय सीमा हुन्छ नि? यस्तो हुन्छ ? अब ती मन्त्रालयका उच्च नेतृत्वसित एकपटक छलफल गर्छांै । के भन्नुहुँदो रहेछ कुरा सुन्छाँै । अनि उचित निर्देशन समितिले सरकारलाई दिन्छ ।” समितिका सभापति जयपुरी घर्ती आजको बैठकमा कडा रुपमा प्रस्तुत हुनुभयो। उहाँका अनुसार समितिले सो भवन निर्माणबारे के भइराखेको छ ? अस्पताल कहिलेदेखि सञ्चालनमा आउँछ ? भन्ने जवाफ ती मन्त्रालयसित पछिल्लो पटक साउनको पहिलो हप्ता लिखित रुपमा जवाफ माग गरेको थियो तर ती निकायले समितिलाई हालसम्म कुनै जवाफ दिएका छैनन् । ती मन्त्रालयले जवाफ नफर्काएपछि समितिको बैठकले बुधबार ती मन्त्रालयका मन्त्री÷जिम्मेवार पदाधिकारीलाई बैठकमा आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ । उहाँले भन्नुभयो,“भवन निर्माण र क्यान्सर अस्पताल सञ्चालन नहुँदा क्यान्सरका बिरामी धेरै समस्यामा परेका छन् । सरकारले छिटोभन्दा छिटो अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।”
काठमाडौँ उपत्यकाभित्र सरकारी भवन निर्माण गर्न सामान्यतया कति वर्ष लाग्छ भन्ने जवाफ स्वयं सरकारी निकायसित छैन । सम्झौता भएको आठवर्ष बित्न लाग्यो, चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवन कहिले बन्छ र अस्पताल सञ्चालनमा आउँछ ? यसको उत्तर छैन–शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या तथा शहरी विकास मन्त्रालयसित ।
प्रतिनिधिसभा, स्वास्थ्य तथा शिक्षा समितिले पटक–पटक ती तीन मन्त्रालयसहित त्रिभुवन विश्वविद्यालयसित समेत सो प्रश्नको लिखित जवाफ माग ग¥यो तर ती निकायले भवन निर्माण गरी अस्पताल सञ्चालनमा आउने सम्भावित मितिसहितको जवाफ हालसम्म उक्त समितिलाई दिएका छैनन् । “गैरजिम्मेवारीको पराकाष्ठ बढ्योे । अति भो । समय सीमा हुन्छ नि? यस्तो हुन्छ ? अब ती मन्त्रालयका उच्च नेतृत्वसित एकपटक छलफल गर्छांै । के भन्नुहुँदो रहेछ कुरा सुन्छाँै । अनि उचित निर्देशन समितिले सरकारलाई दिन्छ ।” समितिका सभापति जयपुरी घर्ती आजको बैठकमा कडा रुपमा प्रस्तुत हुनुभयो।
उहाँका अनुसार समितिले सो भवन निर्माणबारे के भइराखेको छ ? अस्पताल कहिलेदेखि सञ्चालनमा आउँछ ? भन्ने जवाफ ती मन्त्रालयसित पछिल्लो पटक साउनको पहिलो हप्ता लिखित रुपमा जवाफ माग गरेको थियो तर ती निकायले समितिलाई हालसम्म कुनै जवाफ दिएका छैनन् । ती मन्त्रालयले जवाफ नफर्काएपछि समितिको बैठकले बुधबार ती मन्त्रालयका मन्त्री÷जिम्मेवार पदाधिकारीलाई बैठकमा आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ । उहाँले भन्नुभयो,“भवन निर्माण र क्यान्सर अस्पताल सञ्चालन नहुँदा क्यान्सरका बिरामी धेरै समस्यामा परेका छन् । सरकारले छिटोभन्दा छिटो अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।”