काठमाडौँ : चर्चित गायक रामकृष्ण ढकालले पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा सत्यको विजय हुने बताएका छन् ।
गायक ढकालले केहिबेर अघि सामाजिक संजालमार्फत सत्य कहिले नहार्ने र कदमकदाचित हरेपनि सत्य नहुने बताउदै संचारकर्मी रवि लामिछानेलाई भेट्न चितवनतर्फ जाँदै गरेको तस्बिर पोष्ट गरेका हुन् ।
उनले आफ्नो फेसबुकमा लेखेका छन्; “सत्य कहिले हार्दैन, यदि कदमकदाचित हार्यो भने त्यो सत्य होइन !!! सत्यको जीत हुन्छ रवि|
निस्पक्ष र पारदर्शी अनुसन्धान होस ।”
पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनको विषयमा अनुसन्धान गर्न प्रहरीले गत बिहिबार साँझ लामिछाने र युवराज कँडेललाई न्युज २४को कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।