काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आउँदो बिहीबार पुन सिंगापुर जाने भएका छन् ।
करिब १ साता अघिमात्र सिंगापुरमा स्वास्थ्य परिक्षण गराएर नेपाल फर्किएका ओली फलोअपका लागि पुनः सिंगापुर जान लागेका हुन् ।
गत साता सिंगापुरमा स्वास्थ्य परिक्षण गराएपछि केही दिन नेपाल नजान चिकित्सकले आग्रह गरेपनि उनी पुन फर्किने भन्दै नेपाल आएको स्रोतले जनाएको छ ।
चिकित्सकको सल्लाहमै प्रधानमन्त्री ओली सिंगापुर जान लागेको र त्यहाँ कति दिन बस्ने भन्नेमा टुंगो नलागेको बताइएको छ ।