काठमाडौँ : संचारकर्मी रवि लामिछानेले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा आफू निर्दोष रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा लामिछानेलाई भेट्न पुगेको नेपाल पत्रकार महासंघ र प्रेस संगठन नेपालको टोलीसँग उनले सो घटनामा आफू निर्दोष भएको भन्दै अनुसन्धानमा सघाउन तयार रहेको बताएका हुन् ।
पत्रकारहरुको टोलीसँग कुराकानी गर्दै उनले पूर्व सहकर्मी पुडासैनीको निधनले आफू मर्माहत भएको बताउदै नियतवस फसाउने काम भएकोमा दु:ख व्यक्त गरेको बताइएको छ ।
पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनको विषयमा अनुसन्धान गर्न प्रहरीले गत बिहिबार साँझ लामिछाने र युवराज कँडेललाई न्युज २४को कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीले सोहि अभियोगमा नर्स अस्मिता कार्कीलाई समेत पक्राउ गरी हिरासतमा राखेको छ ।